मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरी अचेल सुन्दर देखिन्छ।
टमटम नभए पनि पानी भरिएको पोखरी साँझमा झनै आकर्षक देखिन्छ।
२०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरी पुनर्निर्माण प्राधिकरणले ब्युँताएको हो।
सुरूमा काठमाडौं महानगरपालिकाले निर्माणको जिम्मा पाए पनि उसले यसलाई 'स्विमिङ पुल' जस्तो बनाउन खोजेपछि विरोध भयो।
पछि बल्ल प्राधिकरणले जिम्मा पायो र गत वर्ष मात्रै यसको निर्माण मल्लकालीन शैलीमै पूरा भएको हो।
हाल यहाँ सर्वसाधारण छिर्न भने पाइँदैन।
यहाँको पोखरी र बीचको मन्दिर बनिसके पनि पार्क/बगैंचाको केही काम बाँकी भएकाले प्राधिकरणले अहिले नै सर्वसाधारणका लागि खुला गरेको छैन।
हेर्नुस् आकाशबाट हेर्दा यस्तो देखियो साँझको रानीपोखरी: