बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरूष बेपत्ता छन्।
बडिगाड-५ दागाकी ४६ वर्षीया देवी गुरूङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो।
उनी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरूष भिरबाट लडेर बेपत्ता भएका छन्। दसैंको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका-९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता भएका हुन्।
ढोरपाटन नगरपालिका-२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाड खोलामा उनी बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। उनको खोला किनारमा खोजी भइरहेको छ। रासस