बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्।
बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ।
लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए।
नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आठ जनालाई पक्राउ गरेको थियो।
यही घटनामा सोधपुछका आधारमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन्।
यो पनि हेर्नुहोस्: