राजधानीलगायत देशभर यतिबेला तिहारका लागि सरसमान खरीद गर्नेहरुको भीड लागेको छ। मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।
खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटीलगायतका अधिकांश स्थानहरु उपभोक्ताको भीड लाग्ने गरे पनि उपत्यका बाहिरका प्रमुख बजारमासमेत किलमेल गर्नेको भीड हुन्छ।
बजारमा किनमेल गर्ने भीडले तिहारको रौनकलाई दर्शाएको छ। दोलखाको जिरी बजारमा पनि तिहारको लागि भाइमसला तथा फूलका माला किन्नेहरुको भीड लाग्न थालेको छ।
तिहारमा भाइमसला किन्नेकहरू भने विशेष भीड छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि उपभोक्ताहरु अत्याधिक संख्यामा देखिन्छन् । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनक्नु देखिन्छ ।
बजारमा मूल्यवृद्धि अस्वभाविक रुपमा भएपनि उपभोक्तालाई अत्यावश्यक वस्तु नकिनी सुखै छैन। दोलखाको जिरी बजारमा तिहारको किनमेल गर्नेहरू हेर्नुहोस् तस्बिरमा।