काठमाडौंमा तमु गुरुङ कलाकर संघले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ।
देशभरबाट आई राजधानी काठमाडौंमा बसोबास गर्दै आएका तमु गुरुङ समुदायको कलाकारहरूको टोलीले काठमाडौंमा देउसी कार्यक्रम गरेको हो।
गुरुङ समुदायको प्रतिनिधित्व गर्दै आ-आफ्नो मौलिक पहिरनमा सजिएका गुरुङ समुदायका कलाकारहरूले देउसी खेलेका हुन्।
गोंगबुको देउसी टोलीमा संघकी अध्यक्ष तथा वरिष्ठ गायिका शर्मिला गुरुङले मिठो लयमा देउसी भट्याउँदै थिइन् भने अरू कलाकार स्वरमा स्वर मिलाउँदै देउसी भनिरहेका थिए।
गुरुङ समुदायका कलाकारले आ-आफ्नो कला देखाउँदै देउसी खेलेका थिए। आफ्नो मौलिक पहिचान जोगाइ राख्न पनि देउसी- भैलो खेलिएको कलाकारहरूले बताए।
देउसी भैलोमा गुरुङ समुदायको कौडा, चुट्का, सालैजो गीतमा कलाकारहरूले प्रस्तुति दिएका थिए।