जलवायु न्यायका लागि भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका छन्।
सोमबार दिउँसो काठमाडौंको बसन्तपुरमा जलवायु परिवर्तनविरूद्ध जाग्नुपर्ने भन्दै प्रदर्शन भएको हो।
नेपालमा मात्रै नभई जलवायु परिवर्तनविरूद्ध फिलिपिन्स, इन्डोनेसिया,भारत, बंगलादेश, पाकिस्तान र थाइल्यान्डले पनि सोमबार प्रदर्शन गरेको अभियन्ताले जनाएका छन्।
जलवायु परिवर्तन विरूद्धको श्रृंखलाबद्ध प्रदर्शन गत नोभेम्बर ६ तारिखदेखि सुरू भएको थियो।
प्रदर्शनमा अभियन्ताहरूले नाराहरू लेखिएको पम्पलेट बोकेका थिए।
'जलवायु परिवर्तनका प्रभावहरूमा भारी असमानता छ!', 'हामी प्रकृतिको अंश हौं', 'जेलैमा हो जेलैमा चरी जेलैमा जलवायु परिवर्तनविरूद्ध जागौं बेलैमा!', 'कता हो? क्लाइमेट मार्चतिर केटो हो क्लाइमेट मार्चतिर' लगायतका नारासहित प्रदर्शन गरिएको थियो।
तस्बिरहरू: