मानव अधिकार संरक्षण मञ्चले शनिबार राजधानीमा प्रदर्शन गरेको छ।
उसले विभिन्न माग राखेर माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।
छुवाछूत अपमान मात्र होइन अपराध पनि हो,उचनिच भनेर भेदभाव नगरौं, मानिस कर्मले महान् हुन्छ जातर धर्मले होइन, छुवाछूतबाट मुक्त होऔं लगायत नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो।
यस्ता छन् माग:
१. छुवाछूत उन्मूलन कानुनको प्रभावकारी कार्यान्वयन गरियोस्
२. जातीय विभेद तथा छोइछिटोविरूद्ध वडा तहसम्म राष्ट्रब्यापी जनचेतना अभियान ब्यापकरूपमा संचालन गरियोस्। छुवाछूत र जातीय विभेद गर्ने कथित उच्च जातिका व्यक्तिहरूलाई दन्ड सजायका अतिरिक्त सुधारमुखी एवं चेतनामुखी कार्यक्रमहरू संचालन गरियोस्।
३. सदियौंदेखि कथित उच्च वर्गबाट अपमानित तथा छुवाछूतको जातोमा पिल्सिएका दलितहरूप्रति गरिएको विभेदकालागि राज्य, जन प्रतिनिधिहरू तथा उच्च वर्गबाट दलित समक्ष सामूहिक क्षमा याचना र सहभोजको ब्यवस्था गरियोस्।
४. दलित समुदायको शिक्षादिक्षा, रोजगारी तथा व्यवसायिक क्षमता वृद्धि गर्न राज्यले लगातार ३० वर्षसम्म (एक पिडी) तीनै तहको सरकारको निश्चित प्रतिशत बजेट अनिवार्य खर्च गर्नुपर्ने कानुनी व्यवस्था गरियोस्।
५. दलित मुक्तिका लागि नागरिक स्तरमा गैरदलित समुदाय पनि सहभागी भई सभ्यसमाज निर्माणमा योगदान गरौं।