भारतले आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएपछि चार दिन पैदल हिँडेर नेपाली टोलीले दार्चुलाको विकट गाउँ छाङ्गरू र तिंकरमा जनगणना गरेर फर्किएको छ।
दार्चुलाका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीसहितको दुई जना टोली मंसिर ९ गते गणनाको काम सकाएर सदरमुकाम खलंगा फर्किएका हुन्। भारतले पास नदिँदा नेपाली गणक टोलीले जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो।
अधिकारी कार्कीले भारतसमक्ष पासका लागि पटकपटक आग्रह गरिए पनि अनुमति नपाइएको जनाए। घुमफिरका लागि जानेलाई पास दिएको भारतले नेपाली गणक टोलीलाई भने पास दिएन। जसका कारण गणक टोली नेपालको भुमि हुँदै चार दिन लगाएर छाङरु पुगेको थियो।
झन्डै एक साता लगाएर गणक टोली छाङरूबाट फर्किसकेको छ। भारतले बाटो नदिएका कारण गणकले जोखिमपूर्ण यात्रा गरेको कुरा बाहिर आएपछि सरकारले फर्किँदा उनीहरूलाई हेलिकप्टरमा ल्याएको थियो।
हेर्नुहोस् उनै गणक टोलीलाई नेतृत्व लिएका कार्कीसँग सेतोपाटीका विवेक राईले कुराकानी गरेर तयार परेको यो भिडिओः