झापामा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ।
दमक नगरपालिका २ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो।
मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती ४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।
उनीहरू तीनै जना एकै मोटरसाइकलमा सवार थिए।
उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको खुलेको प्रहरीले जनाएको छ।