किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्।
किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ।
किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्।
शनिबार किरात समुदायले आ-आफ्नो मौलिक पहिरन र बाजागाजासहित टुँडिखेलमा जम्मा भएर उधौली साकेला पर्व मनाएका हुन्।
हेरौं केही तस्बिरहरू