सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरूले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए।
सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। सोमबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको रिजालले जानकारी दिएका छन्।
स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए। कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा छन्।