पाटन अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर (सि.एम.एल) को औषधि निःशुल्क पाइन्छ।
यी दुई अस्पतालमा करिब १५ सय बिरामीले निःशुल्क औषधि पाइरहेका छन्। यो औषधि अस्पताललाई माक्स फाउण्डेशनले सहयोग गरेको हो।
यसले विश्वका १०० मुलुकमा निःशुल्क औषधि दिँदै आएको छ। पाटन अस्पतालमा २००२ बाट यो औषधि वितरण हुन थालेको हो।
अस्पतालमा बिरामी आएपछि उनीहरूको रेकर्ड राखिन्छ। बिरामी आएपछि हामीले उनीहरूको संख्याको आधारमा औषधी मगाउँछौ। त्यसपछि वितरण गर्छौं।
अहिले पनि निःशुल्क पाइन्छ भन्ने थाहा नपाएर औषधिको लागि एक जना बिरामीले महिनाको डेढ लाखदेखि ५ लाखसम्म खर्च गरिरहेका हुन्छ। यसबाटै थाहा हुन्छ यो औषधि कति महंगो छ भनेर।
निःशुल्क औषधि थाहा नपाएर धेरैले किन्ने रहेछन्। भारतमा गएर समेत लिएर आउने रहेछन्। कतिपयले घरजग्गा बेचेर पनि औषधि लिइरहेका हुन्छन्।
बिरामीले समय अनुसार औषधिको मात्रा समेत बदल्नुपर्छ। औषधिले बिरामीलाई रोगबाट जोगाइरहन्छ।
हामीले बिरामीको लागि धेरै व्यवस्था मिलाएका छौं। यसको सेवा लिन कुनै झन्झट हुँदैन।
यो औषधिको साइड इफेक्ट पनि देखिनसक्छ। आँखाभन्दा मुनी र गोडामा सुन्नीने हुनसक्छ। भोक नलाग्ने, मुखमा खटिरा भएजस्तो हुन्छ तर आत्तिनु हुँदैन।
यो औषधि सेवन गर्दा २-३ घण्टासम्म अंगुर, भोगटेजस्ता अमिलो फलफूल खानु हुँदैन। पानी धेरै खानुपर्छ। पाटन अस्पतालले फोक्सो क्यान्सर र किड्नीको बिरामीको पनि निःशुल्क औषधि दिँदै आएको छ।
के हो रक्त क्यान्सर, यसको औषधि कसरी लिने भन्ने विषयमा हामीले पाटन अस्पातलका फार्मेसी विभाग प्रमुख राजकुमार थापासँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ--