पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।
अनेरास्ववियु संगठनका विद्यार्थीले बिहिबार काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।
आन्दोलनरत विद्यार्थी र प्रहरीबीच केहीबेर धकालाकेलसमेत भएको थियो। विद्यार्थीलाई रोक्ने क्रममा सामान्य बल प्रयोग गरेको थियो।
नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ।