आइतबारदेखि देशभरिका शिक्षण संस्था फेरि खुलेका छन्। कोरोनाभाइरसको तेस्रो लहर फैलिएपछि सरकारले शिक्षण संस्था बन्द गरेको थियो।
ओमिक्रोनको संक्रमण मत्थर हुँदै गएपछि आइतबारदेखि विद्यालय, कलेज र विश्वविद्यालयको पढाइ र परीक्षा सुरू भएको हो।
यो बीचमा सरकारले विद्यालय बन्द गरेर १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप लगाएको थियो। धेरै बालबालिकाले खोप लगाइसकेकाले विद्यालय खोल्नु सुरक्षित भएको सरकारले जनाएको छ।