ललितपुरको ठेँचोका नेवारी बस्तीमा आइतबार माधवनारायणको जात्रा देखाइएको छ। श्रीस्वस्थानी व्रतकथामा आधारित माधव नारायण जात्रा मनाइएको हो।
हरेक पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म हरेक दिन ठेचो बस्तीमा भजन किर्तनसहित टोल घुमिन्छ। शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन भने विशेष झाँकी सहित जात्रा निकाल्ने परम्परा छ।
झाँकीका क्रममा ठेचोका स्थानीयले आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्ने गर्छन्।
हेर्नुहोस् तस्बिरहरू