काठमाडौंको बानेश्वरमा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहराले हानेको छ।
आइतबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्न लागेको छ। त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो।
यस्तै प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन्।
आइतबार बिहान बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभामा एमसिसी टेबल गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरूद्ध जारी राख्ने जनाएको छ।
हेर्नुहोस् तस्बिरहरू