गायक तथा कलाकार जयनन्द लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्।
लामाको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिएको छ
कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि कलाकार तथा सर्वसाधारण राष्ट्रिय नाचघरमा पुगेका थिए।
लामाको शवलाई २ बजे स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ।
यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।
हेर्नुहोस् तस्बिरहरू