वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको 'सत्यमोहन जोशी लोकसाहित्य संग्रहालय' को उद्घाटन गरिएको छ।
लोक साहित्य परिषद्ले लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरेको उक्त भवनको आज उद्घाटन गरिएको हो।
दुई वर्षअघि उक्त भवनको शिलान्यास भएको थियो।
उक्त संग्रहालयमा लोकसंस्कृतिसँग सम्बन्धित बाजा, पुस्तक राखिएका छन्।
भुइँ तलामा हुलाक टिकट, त्यसको माथिल्लो तलामा विभिन्न समयमा प्रयोग भएका मुद्रा राखिएका छन्। त्यस्तै आर्ट ग्यालरी रहेको छ।
झण्डै एक करोड पचास लाखमा उक्त भवन निर्माण गरिएको बताइएको छ।
सांसद विकास कोष, प्रदेश सभा सांसद कोष र जनसहभागिताको सहयोगबाट उक्त भवन निर्माण गरिएको हो।