यतिबेला फूलहरूको मौसम सुरू भएको छ। अझ भनौं बसन्त बहार सुरू भएको छ।
राजधानी काठमाडौं सहरका सडक छेउछाउका विभिन्न प्रजातिका फूलहरू ढकमक्क फुल्न थालेको छ।
बसन्त ऋतुको सुरूआती चरणमा फुलेका यी फूलहरूले सहरको सुन्दरता बढाएका छन्।
फूलको सुन्दरता र रसको निम्ति भमरा र माहुरीहरू फूलहरूमा झुम्मिरहेको सुन्दर दृश्य देख्न सकिन्छ। यस्तै, युवायुवती पनि फूलका वरिपरि बसेर फोटो खिच्ने गरेको देखिन्छ।
राजधानीका सडक छेउ देखिएका केही सुन्दर दृश्यहरू: