६४ वर्षीय सद्गुरूले बेलायतको लन्डनदेखि नयाँदिल्लीसम्मको मोटरबाइक यात्रा सुरू गरेका छन्।
सोमबार उनी लन्डनको पार्लियामेन्ट स्क्वायरबाट मोटरबाइकमा भारतका लागि हिँडेको एनडिटिभीले जनाएको छ।
बिएमडब्ल्यू के १६०० जिटीमा चढेर भारत आउन लागेका हुन्। उनी ‘माटो बचाऊ’ भन्ने जनचेतनामूलक अभियानअन्तर्गत उनी मोटरबाइकमा भारत आउँदैछन्।
उनी युरोप र मिडल इस्ट हुँदै भारत आउन लागेका हुन्। १०० दिनको यात्रा तय गरेका उनी एम्स्टरड्याम, बर्लिन र प्रेग पुग्नेछन्।
३० हजार किलोमिटर बाइकमा यात्रा गरेर भारतको ७५ औं स्वतन्त्रता दिवसमा नयाँ दिल्ली आइपुग्ने उनको लक्ष्य छ।
‘यसमा अहिले नै केही गर्न एकदमै महत्वपूर्ण भइसक्यो। मैले २४ वर्षसम्म यसमा कुरा गरेँ, तर हरेक राष्ट्रमा सकारात्मक नीति भएमात्रै समाधान हुनसक्छ,’ उनले यात्रा गर्नुअघि पत्रकारहरूसँग भने, ‘युरोपका धेरैजसो ठाउँमा अझै पनि हिउँ परिरहेको छ र दुई पाङ्ग्रामा ती बाटो हुँदै जान सजिलो पनि छैन। यो उमेरमा त्यसरी यात्रा गर्नु रमाइलो छैन। म यो किन गरिरहेको छु त? किनकि पछिल्लो २० वर्षमा ३ लाख किसानहरूले आत्महत्या गरेका छन्। भारतमा मात्रै होइन यो विश्वको हरेक ठाउँमा हुँदैछ। त्यसका कारणमध्ये एक माटोको गुणस्तर कम हुनाले हो।’
केही समय अघि सद्गुरूसहितको टोली मानसरोवर कैलाश दर्शन गर्न हुम्ला पुगेका थिए।