रूसले युक्रेनमाथि गरेको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।
रूसले युक्रेनमाथि गरेको आक्रमण मानवतामाथि निर्मम प्रहार भएको भन्दै तत्काल युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ।
रूस युक्रेनमाथि आक्रमण बन्द गर, रूसी आक्रमणको कारण ३६ लाख बढी शरणार्थी- रूसले गरेको मानवता विरूद्धको अपराध, बालबालिका महिलासहित हजारौं निहत्था मानिसको हत्या- मानवता विरूद्धको अपराध लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा वार्ता भएका थिए। ती वार्ताहरू कुनै सहमतिमा पुग्न नसकेपछि पछिल्लो समय अधिकारीहरूले भर्चुअल संवाद गर्दै आएका थिए।
तस्बिरहरू: