देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेको छ।
हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमासमेत परेको छ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताए।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) मा मापन गरिन्छ।
एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ।
एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
गत वर्ष काठमाडौंको एक्युआई घातकको तहमा पुगेको थियो। ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ सम्म पुगेको थियो।
हेर्नुस् आज बिहान काठमाडौंको अवस्था: