श्रीलंकामा दश घण्टा लोडसेडिङ सुरू भएको छ।
बिजनेस स्ट्यान्डर्डका अनुसार श्रीलंका सरकारले जलविद्युत अभाव भएकाले बुधबारदेखि देशभर दैनिक १० घण्टा विद्युत कटौती गरको हो। इन्धनको कमीका कारण सो समस्या उत्पन्न भएको सरकारले जनाएको छ।
विदेशी मुद्राको अभावका कारण आर्थिक तथा उर्जामा समस्या उत्पन्न भएको हो। जसकारण त्यहाँ सामान्य वस्तुहरू तथा इन्धनको मूल्य आकाशिएको छ। अहिले १० औं हजारौं मानिसहरू पेट्रोल किन्न घण्टौं लाइनमा बस्न बाध्य भएका छन्।
यसअघि श्रीलंकामा सात घण्टा लोडसेडिङ हुन्थ्यो।
सार्वजनिक उपयोगिता आयोगका अध्यक्ष जनक रत्ननायकका अनुसार थर्मल पावर उत्पादन गर्न इन्धन नपाउँदा ७५० मेगावाट बिजुलीको अभाव भएको हो।
राज्यद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले डिजेल किन्न बुधबार र बिहीबार इन्धन स्टेशन बाहिर लाइनमा नबस्न मोटरसाइकललाई अनुरोध गरेको हो। कर्पोरेसनले ढुवानी गरी ल्याएको इन्धनको पैसा तिर्न नसकेको जनाएको छ। सो इन्धन कहाँबाट ल्याएको हो भन्ने बारे खुलाएको छैन।
शुक्रबारबाट मात्रै इन्धन दिन सकिने कोर्पोरेसनले जनाएको छ।
ऊर्जामन्त्री गामिनी लोकुगेले सरकारले भारतीय आयल कर्पोरेसनको लंकाको सहायक कम्पनी लआइओसीबाट ६ हजार मेट्रिक टन डिजेल तत्काल खरिद गर्ने बताए ।
उनले खरिद गरिएको डिजेल आपतकालीन सेवा र विद्युत उत्पादनका लागि मात्र प्रयोग गरिने बताए।
भर्खरै कोलम्बोमा सम्पन्न भएको भ्रमणको विदेश मन्त्री एस जयशंकरले श्रीलंकाको आर्थिक पुनरूत्थान गर्न भारतले सहयोग गर्ने बताएको थिए।