यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले काठमाडौंमा 'ट्रान्स दृश्यता' मनाएका छन्।
हरेक वर्ष मार्च ३१ मा उनीहरूले ट्रान्स दृश्यता मनाउँछन्।
५० जना ट्रान्स वुमन र ट्रान्स म्यान मिलेर ट्रान्स दृश्यता मनाएका हुन्।
कार्यक्रममा उनीहरूले आफ्ना कथा सुनाएका थिए।
एक ट्रान्स वुमनले महिला पुरुषको मात्र कुराहरु आउने र यो समुदायको बारेमा कोही पनि संवेदनशील नहुने बताएकी थिइन्।
उनीहरूले नृत्य पनि गरेका थिए।
२००९ देखि यो दिवस मनाउँदै आएको हो।
जुनसुकै अवस्थामा पनि पहिचानको लागि संर्घष गर्ने भनेर सांकेतिक रूपमा सचेत गराउनु यो कार्यक्रमको उद्देश्य छ। नेपालमा यो दिवस तीन वर्षदेखि मनाउँदै आएको छ।
तस्बिरहरू: