भारतको गुजरातमा सोमबार एक रासायनिक कारखानामा बिस्फोट हुँदा छ जनाको मृत्यु भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार गुजरातको भरूच जिल्लास्थित औद्योगिक क्षेत्रमा रहेको रासायनिक कारखानामा बिस्फोट हुँदा ६ जना कामदारको मृत्यु भएको हो।
यो कारखाना अहमदावादबाट झन्डै २ सय ३५ किलोमिटरको टाढा छ।
कारखानामा सोमबार बिहान साढे १२ बजेदेखि १ बजेको अन्तरालमा विष्फोट भएको हुनसक्ने भरूचकी प्रहरी उपरीक्षक लीना पाटिलले बताइन्।
बिष्फोटपछि भएको आगलागी नियन्त्रणमा लिइएको छ। मृतक पाँच जनाको सनाखत गर्ने प्रक्रिया जारी रहेको प्रहरी उपरीक्षक पाटिलले जानकारी दिइन्। मृतकहरूको शव पोष्टमार्टमको लागि लगिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।