आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ।
कोरोना कहरका कारण २ वर्षसम्म नेपालीहरूले हर्सोल्लासका साथ नयाँ वर्ष मनाउन पाएका थिएनन्। यसपटक भने मानिसहरूले नयाँ वर्ष धुमधामका साथ मनाएका छन्। मानिसहरू सार्वजनिक स्थानमा भेला भएर नयाँ ठाउँ घुमघाम गरेर नयाँ वर्ष मनाइरहेका छन्। पार्कदेखि सिनेमा हलसम्म मानिसहरूको उल्लेख्य उपस्थिति छ। सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिएको छ।
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ।
मानिसहरू नयाँ वर्षको दिन बिहानै धार्मिक क्षेत्रहरूमा गई पूजापाठ गर्ने तथा आफन्तहरूसँग भेटघाट गरेर एक अर्कामा खुसी साटेर मनाएको मनाउँछन्।
तस्बिरहरू: