काठमाडौंमा भ्रष्टाचारविरूद्धको कार्टुन प्रदर्शन कार्यक्रम सुरू भएको छ।
आइतबारदेखि काठमाडौंको नेपाल आर्ट काउन्सिल, बबरमहलमा प्रदर्शनी सुरू भएको हो।
यो प्रदर्शनी वैशाख ६ गते मंगलबार सम्म हुनेछ। कार्यक्रमको आयोजना कार्टुनिस्ट क्लब अफ नेपालले गरेको हो।
आफूहरू अखबारको कोलमबाट बाहिर निस्केर प्रदर्शनी हलसम्म आइपुगेको अध्यक्ष वासु क्षितिज बताउँछन्।
‘हामीले कार्टुन बनाउनुको पनि अर्थ छ यही अर्थ खोज्ने क्रममा हामी अखबारको कोलमबाट बाहिर निस्केर प्रदर्शनी हलसम्म आइपुगेका छौं। निश्चय पनि कलाकार आफ्ना सिर्जना प्रदर्शनीमा राख्न, त्यसलाई पारखीसम्म पुऱ्याउन सँधै लालयित हुन्छ,’ उनले भने, ‘तर हाम्रो उद्देश्य आखबारमा सानो साइजमा छापिने कार्टुन भित्तामा झुण्डाउनु मात्रै पक्कै होइन। हामी एउटा निश्चत उद्देश्यसहित अखबारका कोलमबाट निस्केर प्रदर्शनी हलसम्म आइपुगेका हौं।’
तस्बिरहरू: