बसन्त ऋतुको आगमनसँगै काठमाडौं सहर यतिबेला बैजनी रङले ढकमक्क देखिएको छ। ज्याकारान्डाका फूल फुलेपछि सडकमा बैजनी रङ देखिने ठाउँ बढेका हुन्।
काठमाडौंका सडक, पार्क, सार्वजनिक स्थान बैजनी रङले सुन्दर बगैंचाजस्तो देखिएका छन्।
दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबार वरिपरि तथा चक्रपथका दायाँ-बायाँ फुलेका ज्याकारान्डाको दृश्य मनमोहक देखिन्छ।
सडक तथा पार्कमा सर्वसाधारणले ज्याकारान्डाका फूलसँग तस्बिर तथा भिडिओ खिचिरेहेको देखिन्छ।
यसअघि अन्यथा भएकोले सच्याइएको छ-सम्पादक
हेर्नुस् तस्बिरहरू: