मानिस स्वस्थ्य रहन शारीरिक व्यायाम जरूरि हुन्छ। शरीर तन्दुरूस्त रहे हरेक काममा सक्रिय रहन सकिन्छ।
स्वस्थ्य रहनकै लागि आजभोलि खेलकुद र व्यायाम सबैको पहिलो रोजाइमा पर्दै आएको छ।
शहरमा हिजोआज ब्यायामको निम्ति थुप्रै किसिमका क्लब जिम तथा योगा आश्रम खुलेका छन्।
शुल्क तिरेर क्लब जिम धाउन नसक्नेका निम्ति मर्निङ वाक, शारीरिक ब्यायामको लागि पार्क र भित्री सडक रोजाइमा पर्ने गरेका छन्।
यद्यपि प्रसस्त ठाउँमा पार्क र खुल्ला स्थान नहुँदा मानिसहरू खुलेर ब्यायाम गर्न पाउदैनन्।
मानिसको शरीर संरचना र प्रकृति, हिँडडुल गरिरहनु र अंगहरूलाई चलायमान बनाइरहनु पर्ने किसिमको छ। यसका मांशपेशी, भित्री अंग, रगत, रासायनिक तत्व, ज्ञानेन्द्रीय, कर्मेन्द्रीय, दिमाग, स्नायु, जोर्नी, हड्डी, पाचन प्रणाली आदि सबैले शरीर चलायमान भएमा मात्र राम्रोसँग आ–आफ्नो काम गर्नसक्दछन्।
हामी धेरैले अनुभव गरेका हौँला, जो वैज्ञानिक अनुसन्धानले पनि प्रमाणित गरेको छ— मानिस अल्छी, विलासी, हिँडडुल गर्न र नियमित ब्यायाम गर्न नचाहने भयो भने अंगप्रत्यंग शिथिल र प्रायः निष्कृय हुनथाल्दा अनेक रोग वा शारीरिक समस्याले आक्रमण गर्न थाल्छन्।
त्यसमाथि अधिक चिल्लो, अति पोषक र धेरै खाने हो भने शरीर अतिमोटो हुने समस्या (ओबेसिटी) हुन्छ। यसकारण शारीरिक ब्यायामले मानव शरीरमा अत्यन्त महत्व राख्दछ। ब्यायाम वा शारीरिक सक्रियता स्वस्थ हुनका लागि खानपान, निद्राजस्तै जरूरी आवश्यक ठहराइएको छ।
शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयाघात घटाउने, पाचन प्रणालीको विकास, अनिद्रा, मानसिक समस्या, डिप्रेसन, तनाब, चिन्ता आदि हटाउने, शरीरको रोगप्रतिरोधक क्षमताको विकास, शरीरको लचिलोपन् र शारीरिक बल तथा मनोबलको विकासका लागि ब्यायाम सर्बोत्तम उपाय हो ।
काठमाडौंको शंखपार्कमा शनिबार बिहान शारीरिक ब्यायाम र खेलकुद गर्दै गरेका केही तस्बिरहरू हेर्नुहोस्--