काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा मंगलबार फेरि आगलागी भएको छ। मंगलबार अपरान्ह शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ।
दिउँसो १ बजेदेखि तारे भीर नजिकै सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। निभाउनका लागि हेलिकप्टरबाट पानी खसाल्न थालिएको छ। नजिकैको माछा पाल्ने पोखरीबाट हेलिकप्टरले पानी उठाएर निभाउने प्रयास भइरहेको छ।
प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन।
आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। माथिबाट नेपाली सेना र तलबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन्।
हेर्नुहोस् तस्बिरहरू