‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको छ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलअनुसार आइतबार रथारोहण गरिएको हो।
लोकेश्वरसमेत भनिने रातो मछिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरू भएको मानिन्छ। नेपालमा मनाइने जात्रा मध्यको लामो जात्रा मानिन्छ।
केही वर्ष अघि देखि कोरोना भाइरसको संक्रमणका कारण जात्रामा पनि असर परेको थियो।
मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन छ।
मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो छ। पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ।
मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ। त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ।
मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यसपछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ।
जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ।
तस्बिरहरू: