त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कुनै शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ। विमानस्थल स्रोतका अनुसार अज्ञात व्यक्तिले बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा बम रहेको जानकारी गराएका थिए ।
त्यसलगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो। तर फोनमा भनिए अनुसार त्यहाँ कुनै संकास्पद बस्तु भेटिएन।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू भएको छ। अहिले बाहिर निकालिएका यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको छ। केही बेरमा नियमित उडान, अवतरण हुनेछ।
हेर्नुहोस् तस्बिरहरू