भोलि (सोमबार) वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। शान्तिको दूत गौतम बुद्धको २५६६ औँ जयन्ती विश्वभर मनाइँदै छ।
बुद्ध जयन्तिको अवसरमा काठमाडौँको बौद्धनाथमा बौद्ध स्तुपालाई रङ्ग रोगन गरिएको छ भने नयाँ लुंदरहरू फेरिएको छ।
बुद्ध जयन्तीको अवसरमा भक्तजनले दान गरेको रङ र लुंदर फेरिएको हो।
भक्तजनले आफ्नो तथा आफ्ना आफन्तहरूको नाममा रङ तथा लुंदर चढाउने गर्दछन्।
बुद्ध जयन्ती मात्र नभई हरेक पूर्णिमा र दशमीमा यहाँ बौद्ध धर्मावलम्बीहरुले दान दक्षिणा दिने गर्दछन्। यसैले हरेक पूर्णिमामा यहाँ नयाँ रङ्ग लगाउने तथा लुंदर फेर्ने गरिन्छ।