आज किराँत समुदायले धुमधामका साथ उभौली पर्व मनाएका छन्।
प्रकृतिपूजक किराती समुदायले वालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सु-स्वास्थ्य रहोस् र प्राकृतिक प्रकोपहरू नआउन् भनेर प्रकृतिको पूजा उभौली मनाएका हुन्।
यस चाडमा सुनुवार र राईहरू साकेला शिली नाच्छन् भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पूजा गर्दछन्। कतिपय स्थानमा उभौली चाडलाई बाली पूजाका रूपमासमेत मनाउने चलन छ।
बैशाखे पूर्णिमाका दिन काठमाडौँको गोकर्णमा सुनुवार समुदायले धुमधामका साथ साकेला नाचेर प्रकृतिको पूजा गरेर उभौली पर्व मनाउँछन्।
तस्बिरहरू: