संघीय राजधानी काठमाडौं यतिबेला फोहोरमाडौं बनेको छ। संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरमा फोहोर थुप्रिने पुरानै रोग हो। हिजोआज काठमाडौंको चोक-चोकमा थुप्रिएको फोहोरले यात्रुहरूलाई सास फेर्नसमेत गाह्रो भाएको छ।
महानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा मानिसहरूले घरमा जम्मा भएको फोहोर चोक-चोकमा ल्याएर फाल्दा काठमाडौं दुर्गन्धित बनेको हो।
काठमाडौंको मुख्य बजार क्षेत्रमै यस्तो हुँदा दुर्गन्ध फैलिइरहेको छ। बजार र मानिसहरूको आवतजावत हुने ठाउँ भएकोले फोहोर थुप्रेकै ठाउँमा खानेकुराको समेत व्यापार भैरहेको छ जसले गर्दा गर्मीको समय महामारीसमेत फैलन सक्ने डर देखिन्छ।
काठमाडौंको बांगेमुडा, असन, क्षेत्रपाटी, ठमेल,सोह्रखुट्टे आदि मुख्य बजार क्षेत्रमा मानिस नाक थुनेर हिँडिरहेका देखिन्छ भने व्यापारिक तथा पर्यटकीय क्षेत्र भएकोले फोहोर थुप्रिनु संवेदनशील देखिन्छ।
बुधबार देखिएका केही दृश्य: