ललितपुरको धापाखेलमा पुग्दा एउटा बाँसको झ्याङमा तोप चराको गुड र उनीहरूको चिरबिरे हाउभाउले निकै आकर्षित गर्यो। असाध्यै मेहनती मानिने यी चराहरू बडा मेहनतका साथ आफ्नो गुड बनाउँदै थिए।
निकै आकर्षक देखिने यी चराका गुडहरू हावाको वेगसँगै हल्लिरहेका थिए भने उनीहरू हावाको चालसँगै आफ्नो गति मिलाउँदै आफ्नो काममा तल्लिन देखिन्थे।
मसिनो घाँसका त्यान्द्राहरू आफ्नो चुच्चोमा जतनका साथ ल्याउँथे र कलात्मक तरिकाले गुड बुन्थे।
झट्ट हेर्दा कलाकारजस्तो त कहिले इन्जिनियर जस्ता लाग्ने यी चराहरूको गतिविधि निकै आकर्षित लाग्यो।
केही समय तोप चराको कलात्मक हाउभाउ नियाल्दै त्यही बसेर नियाल्दा केही तस्वीरहरूमा कैद गरियो।
तोप चराको भाले चरा बडा मेहनती हुँदा रहेछन्। पोथी चरालाई आकर्षित गर्न आकर्षक गुड बनाउन उनीहरुको होडबाजी नै चल्दो रहेछ। जसले राम्रो गुड बनायो पोथी चरा उनैको गुडमा बस्न जाने भएकाले भाले चरालाई राम्रो गुड बनाउनै पर्ने बाध्यता रहेछ।
साधारण आँखाले हेर्दा निकै रोमाञ्चाक लाग्ने यी चराहरूको हाउभाउ केही तस्वीरमा हेरौं: