वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।
मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। यसअघि कोरोना महामारीका कारणले भोटो जात्रा भएको थिएन।
ललितपुरको जावलाखेलमा शनिबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो। यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, मन्त्री शशी श्रेष्ठलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए।
तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो।
योसँगै रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ।
भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ।
तस्बिरहरू: