आज विश्व वातावरण दिवस। नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ। हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ।
‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।
नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन्।
यसैबीच काठमाडौंको महेन्द्र भवन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालय परिसरमा विभिन्न प्रजातिका एक सय विरूवा रोपेर विश्व वातावरण दिवस मनाएका छन्।
विद्यार्थीहरुले काठमाडौँको नक्साल क्षेत्रमा आइतबार बिहानै प्रभात फेरि निकालेर स्थानीय प्रतिनिधिको उपस्थितिमा वृक्षारोपण गरेका हुन्।
बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न चुनौतीको सामाना गर्न विद्यार्थीलाई सचेत गराई साना नानीबाबुलाई आजैदेखि सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पुष्पा बस्नेतले बताइन्।