सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड लागेको छ।
यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनका धनीलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नुपर्ने र नजोडे कारबाही गर्ने सूचना जारी गरेपछि यातायात कार्यालयमा भिड बढेको हो।
मंगलबार बिहानदेखि गुर्जुधारामा इम्बोस्ड नम्बर दर्ता र जडान गर्नेहरुको लामो लाइन देखिएको छ।
हेर्नुहोस् तस्बिरमा