यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्।
क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा सो गौरवयात्रा निकालिएको हो।
गौरवयात्रामा नेपाल सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान, तथा यौन विशेषताका व्यक्तिहरू सहभागी छन्।
शनिबार राजधानीको माइतीघर मण्डलबाट सुरू भएको गौरव र्याली बानेश्वरमा पुगी समापन भएको थियो।
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनी ती समुदायले गौरवयात्रा मनाउँछन्।
विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो।
उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो।
यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिन्छ।
तस्बिरहरू :