हामीले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले जेठ २८ देखि असार ३ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।
यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा निकालेको ‘नेपाल प्राइड परेड’ मा सहभागीहरू खुसी व्यक्त गर्दै। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
त्रिचन्द्र कलेजको पुनर्निर्माणको माग राख्दै आन्दोलनरत विद्यार्थीहरू। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राखिएको तत्कालीन राजा श्रीनिवास मल्लको सिंहासन। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) मा आगो निभाउँदै गरेको दृश्य। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
नेकपा एमालेले काठमाडौँमा आयोजना गरेको स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रतिनिधिहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम । तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको भुम्या पर्वमा एक युवती। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
विपदबाट जोगिन र त्यसको पूर्वतयारी तथा व्यवस्थापन स्वरूप कीर्तिपुरको टौदहमा सुरक्षा निकायले गरेको कृत्रिम घटनाको अभ्यासको एक दृश्य। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी