भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकारमा अड्किएका ११ जनाको उद्धार भएको छ।
सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेका थिए। साँझसम्ममा उनीहरू सबैको सकुशल उद्धार भएको इन्डियन एक्प्रेसले जनाएको छ।
गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झारखन्डको दियोघर जिल्लामा ४० घन्टा बढी अड्किँदा तीन जनाको मृत्यु भएको थियो।