आजबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना बिरुद्धको पहिलो मात्रा खोप दिइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएको छ।
बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइनेछ।
पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने र दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइनेछ।
बाँकी जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने तयारी छ।