गएरातिदेखि परेको अविरल वर्षासँगै मोरङको सिंघीया खोलामा आएको बाढी बस्तीमा पस्दा ४० घर डुबानमा परेका छन्।
मंगलबार बिहान विराटनगर महानगरपालिका-१ गंगाचोकमा रहेको सुकुम्बासी बस्तीका ४० घर डुवानमा परेका हुन्।
स्थानीय सिंघीया खोलामा आएको बाढीका कारण खोला किनारमा रहेका ४० घर डुबानमा परेका हुन्। घरमा बाढी पसेपछि विस्थापित बनेकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
विस्थापितलाई स्थानीय मन्दिर, स्कुल र खुला ठाउँमा राख्न थालिएको छ।
विराटनगरकै केसलिया खोलाले पनि धेरै घर डुबानमा पारेको छ। सिंघीया खोलाको पानी विराटनगर १, २, ७ र ८ का बस्तीहरूमा पसेको हो।
हेर्नुहोस् तस्बिरहरू