यौन हिंसाविरूद्ध सेतोपाटी संवाद
यौन दुर्व्यवहारविरूद्ध सेतोपाटीको तेस्रो शृंखलामा हामीले काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका कक्षा १० मा पढ्ने विद्यार्थीसँग कुराकानी गरेका छौं।
नौ जना विद्यार्थीबीच भएको कुराकानीमा यौन दुर्व्यवहारबारे उनीहरूले आफ्ना बुझाइहरू बताए। सबैजसो विद्यार्थीलाई यौन दुर्व्यवहारबाट बच्न आमाबुवा र परिवारका सदस्यले सिकाउँदा थाहा भएको रहेछ।
उनीहरूमध्ये धेरैजसोलाई यौन दुर्व्यवहारका घटनामा प्रहरी र अदालतले पूर्ण न्याय दिलाउँछन् भन्नेमा विश्वास नभएको कुरा गरे।
यी विद्यार्थीहरूले दोषीलाई सजाय सँगै सरकारले समाजमा यौन दुर्व्यवहार तथा विभेदविरूद्ध जनचेतना फैलाउन आवश्यक देखेका छन्।
उनीहरूसँग सेतोपाटीले गरेको छलफल हेरौं:
भिडिओः सुसन चौधरी/रविन न्यौपाने