त्रिचन्द्र कलेज बचाऔं अभियानलाई ऐक्यवद्धता जनाउँदै विद्यार्थीहरूले मार्च गरेका छन्।
नेपालकै जेठो त्रिचन्द्र कलेजको भवन जीर्णोद्धार गर्ने पहल नभएपछि विद्यार्थीहरूले मार्च गरेका छन्। शुक्रबार घण्टाघर, कलेज परिसरमा उनीहरूले मार्च गरेका हुन्।
०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं सडकमा उत्रिएका हुन्। उनीहरूले लगातर प्रदर्शन गर्दै आइरहेका छन्।
उनीहरूले ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘त्रिचन्द्र बचाऔं, इतिहास जोगाऔं’, ‘भ्यू टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: