नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन्। प्रधानमन्त्री देउवाले प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरेका छन्।
कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री देउवाले भानुभक्तको पहिचान बनेको बिर्के टोपी लगाएका थिए। विभिन्न स्कुलका विद्यार्थी पनि कार्यक्रममा सहभागी भएका थिए। उनीहरूमध्ये कोही रामायणका पात्र बनेर आएका थिए भने केहीले भानुभक्तीय रामायणका श्लोक लेखिएका पोस्टर बोकेका थिए।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए।
भानुभक्तले रामायणलाई नेपाली भाषामा लेखेका थिए।