काठमाडौं नेपालको संघीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। यहाँ देश विदेशका हजारौं मानिसको बसोबास रहेको छ। काठमाडौं ऐतिहासिक शुन्दरता बोकेको शहर पनि हो।
काठमाडौं उपत्यका वर्तमान समयमा कंक्रिटनै कंक्रिटको शहर जस्तो देखिन्छ। यहाँको ऐतिहासिक सम्पदा र संस्कृति नै काठमाडौंको मुख्य बिशेषता हो। काठमाडौंको ऐतिहासिक सम्पदाहरुमा यहाँको तलैया र पोखरीहरु पनि पर्छ।
काठमाडौंको बीच भागमा पौराणिक रानीपोखरी, कमल पोखरी, गहना पोखरी आदि छन्। काठमाडौंको जनसंख्या र प्रदुषणले धेरै समय आकाश खुल्ला देखिदैन उसो त यहाँको मौसममा पनि विविधता पाइन्छ।
हिजोआज वर्षायामको मौसम भएकोले पानी परिरहँदा यहाँको आकाश खुल्ला देखिन्छ। काठमाडौंको खुल्ला आकाशबाट देखिएको तीन ऐतिहासिक पोखरीहरु यहाँ समेटेका छौं।
रानी पोखरी, कमल पोखरी र गहना पोखरीलाई शहरको बीचमा केहि शुन्दर चिज बाँकी रहे जस्तो देखिन्छ। हेरौं तस्बिरहरू।