साउन महिनाको पहिलो सोमबार आज पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु सुन्दरीजलबाट खाली खुट्टा पैदल पशुपतिनाथ मन्दिरमा जल चढाउन आएका छन्।
साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।
साउने सोमबारका व्रतालु महिलाहरुको पनि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ।
हेर्नुहोस् केही तस्बिरहरू