फिलिपिन्समा बुधबार ७.१ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार उत्तरी फिलिपिन्सको लुजोन टापुमा भूकम्प गएको हो। भूकम्पले एउटा अस्पताल र भवन भत्किँदा उनीहरूको मृत्यु भएको र ६० जना घाइते भएका छन्।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उद्धार र राहत टोलीलाई परिचालन हुन निर्देशन दिएका छन्।
भूकम्पको धक्का राजधानी मनिलासम्म महशुस गरिएको थियो।